मानव बेचविखन मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ – Nepal Press

मानव बेचविखन मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ

सिन्धुपाल्चोक । मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी दक्षकुमार बस्नेतका अनुसार चौतारा साँगाचोकगढी नगरपालिका– ४ का चोपनाथ नेपाल पक्राउ परेका हुन् ।

मानव बेचविखन तथा ओसारपसार मुद्दामा सिन्धुपाल्चोक जिल्ला अदालतले १६ पुस २०५८ मा उनलाई १ वर्ष ६ महिना कैद सजाय तोकेको थियो । तर उनी फरार थिए ।

पक्राउ परेका नेपाललाई कारागार चलान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *