एमसीसी विरुद्ध नेकपा एस सडकमा, फागुन १ गते देशव्यापी प्रदर्शन गर्ने – Nepal Press

एमसीसी विरुद्ध नेकपा एस सडकमा, फागुन १ गते देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीले एमसीसीको विरोधमा फागुन १ गते देशभर प्रदर्शन गर्ने भएको छ ।

नेकपा एस सम्बद्ध मोर्चा संगठनको बैठकले एमसीसी सम्झौताको विरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको मोर्चा संगठन प्रमुख डा. विजय पौडेलले बताए ।

फागुन १ गते दिउँसो २ बजे ७७ वटै जिल्लामा एकैपटक एमसीसीविरुद्ध प्रदर्शन गर्न लागिएको हो । त्यसका लागि जनवर्गीय संगठनहरुलाई बैठकले निर्देशन दिएको छ ।

एमसीसीको विषय सत्ता गठबन्धनमै पेचिलो बन्दै गएका बेला नेकपा एसले सडकमै उत्रिएर विरोध गर्न लागेको हो ।

फागुन २ गते संसद बैठक बस्न लागेको र त्यसमा एमसीसी टेबल गर्न प्रधानमन्त्रीले चाहेको भन्दै नेकपा एसले फागुन १ गते नै विरोध प्रदर्शन गर्न लागेको नेताहरुले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर