एसईई बैशाख ९ देखि २० गतेसम्म सञ्चालन हुने – Nepal Press

एसईई बैशाख ९ देखि २० गतेसम्म सञ्चालन हुने

काठमाण्डौ । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने भएको छ । बुधबार बसेको परीक्षा बोर्डको बैठकले यस्तो निर्णय गरेको बोर्ड अध्यक्ष महाश्रम शर्माले नेपाल प्रेसलाइ जानकारी दिए ।

कोरोना महामारीले पठनपाठन प्रभावित भएको जनाउँदै बोर्डले नियमित समयभन्दा एक महिना ढिलो हुने गरी परीक्षा सञ्चालन गर्न लागेको हो । बैशाख ३० गते हुने स्थानीय तहको चुनावलाई समेत लक्षित गरेर वैशाख ९ गतेदेखि परीक्षा संचालन गर्न लागिएको शर्माले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर