२४ सय कोभिड संक्रमित थपिए, १४ जनाको मृत्यु – Nepal Press

२४ सय कोभिड संक्रमित थपिए, १४ जनाको मृत्यु

काठमाडौं उपत्यकामा १०१७ संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २४०१ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १६ हजार ३५६ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

११६०३ पीसीआर परीक्षण गर्दा १८५१ र ४७५३ एन्टीजेन परीक्षण गर्दा ५५० जना संक्रमित थपिएका हुन् ।

आज कोभिड संक्रमणले १४ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा आज १०१७ जनामा संक्रमण पुष्टि भएको छ । ७७७७ जना निको भएका छन् ।

सक्रिय संक्रमित संख्या ३० हजार २४१ रहेको छ । एकैदिनमा २ लाख ४६ हजार जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर