सामसङले आज प्रतीक्षित ग्यालेक्सी एस२२ सिरिज लन्च गर्दै – Nepal Press

सामसङले आज प्रतीक्षित ग्यालेक्सी एस२२ सिरिज लन्च गर्दै

काठमाडौं । दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङले आज ग्यालेक्सी एस२२ र ग्यालेक्सी एस८ ट्याब्लेट सिरिज सार्वजनिक गर्ने भएको छ । ‘ग्यालेक्सी अनप्याक्ड’ इभेन्टमार्फत यी नयाँ सिरिज लन्च गर्न लागेको सामसङले जनाएको छ ।

एस२२, एस२२ प्लस र एस२२ अल्ट्रा गरी तीन मोडलमा एस२२ सिरिज लन्च हुने जनाइएको छ । एस२२ अल्ट्रा मोडलमा चार क्यामेरा सेटअप हुने र मुख्य सेन्सर १०८ मेगापिक्सेलको हुने जनाइएको छ । फोनमा एस पेन र नयाँ स्न्यापड्रागन ८ जेन १ चिप जस्ता मुख्य विशेषता हुनेछन् । साथै, १ टीबी स्टोरेजको फिचर समेत हुने भएको छ ।

फोनको डिस्प्ले ६.२ इन्चको हुने अपेक्षा छ । एन्ड्रोइड १२ मा चल्ने फोनमा सामसङको पछिल्लो युजर इन्टरफेस वान यूआई ४ रहनेछ । सिरिजका तीनवटै फोनमा ‘कोर्निङ गोरिल्ला ग्लास भिक्टस प्लस’ प्रयोग हुनेछ ।

ग्यालेक्सी ट्याब एस८ सिल्भर र ब्ल्याक कलर भेरियन्टमा आउने छ, जसमा एस पेन सपोर्ट समेत हुनेछ । यो एस८ सिरिजमध्येकै सबैभन्दा सानो ट्याब्लेट हुने जनाइएको छ ।

यसमा २५६०/१६०० पिक्सेलको रेजोलुसन र १२० हर्ज रिफ्रेस रेटसहित ११ इन्चको एलटीपीएस एलसीडी डिस्प्ले समेत हुने भएको छ । १३ मेगापिक्सेलको मुख्य र ६ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा रहनेछ । स्न्यापड्रागन ८ जेन १ चिपसेट र ८ हजार एमएएच ब्याट्रीका यो ट्याबका मुख्य विशेषता हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर