निर्वाचन सुरक्षाकेन्द्रित बजेटबारे मन्त्रीसहित गृह र अर्थका अधिकारीबीच छलफल – Nepal Press

निर्वाचन सुरक्षाकेन्द्रित बजेटबारे मन्त्रीसहित गृह र अर्थका अधिकारीबीच छलफल

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र अर्थमन्त्री जनार्दन शर्माबीच निर्वाचनलक्षित बजेटबारे छलफल भएको छ ।

गृहमन्त्रालयमा भएको छलफलमा निर्वाचनलक्षित बजेटमा पनि विशेषगरी सुरक्षा निकाय (नेपाल प्रहरी र सशस्त्र प्रहरी) का लागि अत्यावश्यक सवारीसाधन र बन्दोबस्तीका सामानबारे कुराकानी भएको नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सहसचिव डा. भिष्मकुमार भुसालले जानकारी दिए ।

उनकाअनुसार अब गृहमन्त्रालयले विहीबारसम्म चालूतर्फको समेत बजेट यकिन गरेर अर्थमन्त्रालयमा पठाउनेछ ।

गृहमन्त्री खाणको पहलमा भएको छलफलमा गृहसचिव टेकनारायण पाण्डे, अर्थसचिव मधु मरासिनीसहित गृहका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिव मुकुन्द निरौला, योजना महाशाखा प्रमुख डा. भुसालसहित सम्बन्धित महाशाखाका कर्मचारीहरू सहभागी थिए ।

गृहमन्त्री खाणले निर्वाचनको कामलाई घनिभूतरूपमा अगाडि बढाउन अर्थमन्त्री शर्मासँग छलफल गरेका छन् ।

अर्थमन्त्री शर्माले निर्वाचनमा मन्त्रालयलाई परेको चापबारे जानकारी गराउँदै गर्नैपर्ने विषयमा जानकारी गराउन भनेका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचनमा खटिनका लागि सवारीसाधन र बन्दोबस्तीका सामान माग गरेपछि गृहमन्त्री खाणले अर्थसँग छलफल गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर