वैदेशिक रोजगार विभागको महानिर्देशकमा शेषनारायण पौडेल – Nepal Press

वैदेशिक रोजगार विभागको महानिर्देशकमा शेषनारायण पौडेल

पुष्प कटवाल इपीएस शाखाको निर्देशक

काठमाडौं । वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव शेषनारायण पौडेललाई दिइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै विभागको जिम्मेवारी मन्त्रालयमा कार्यरत सहसचिव पौडेललाई दिएका हुन् ।

विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका सहसचिव दिपक काफ्ले मन्त्रालय तानिएका छन् । काफ्लेलाई करिव ६ महिना अघि विभागको महानिर्देशकको जिम्मेवारी दिइएको थियो ।

पौडेल मन्त्रालयको श्रम सम्बन्ध महाशाखा प्रमुख जिम्मेवारीमा थिए । उनी करिब दुई महिना अघि मन्त्रालयमा सरुवा भएर आएका थिए । पौडेल त्यसभन्दा अघि भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय मातहतको भुमि व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारीमा थिए ।

यस्तै वैदेशिक रोजगार विभाग मातहत रहेको इपीएस शाखाको निर्देशकको जिम्मेवारी पनि पुष्पराज कटवाललाई दिइएको छ । कटवाल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको रोजगार समन्वय तथा सुचना शाखा प्रमुखको जिम्मेवारीमा थिए ।

इपीएस शाखाको निर्देशकको जिम्मेवारीमा रहेका उपसचिव सुरेश राउत मन्त्रालय तानिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर