कांग्रेस नेता कोइरालाले बालकोट पुगेर ओलीलाई भेटे – Nepal Press

कांग्रेस नेता कोइरालाले बालकोट पुगेर ओलीलाई भेटे

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटघाट गरेका छन् ।

नेता कोइराला मंगलबार ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका हुन् ।

उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताइएको छ ।

भेटमा एमसीसी र संसद सुचारु गर्ने लगायतका विषयमा पनि कुराकानी भएको बताइएको छ ।

कोइराला निकट स्रोतका अनुसार पूर्वनिर्धारित कार्यक्रम अनुसार भेटघाट भएको बताइएको छ ।

यसअघि ओली प्रधानमन्त्री हुँदा पनि कोइराला ओलीलाई भेट्न बालुवाटार नै पुगेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर