व्यापारमा आक्रामक बन्दै डाबर नेपाल, ९ अर्ब लगानी थप्न स्वीकृति – Nepal Press

व्यापारमा आक्रामक बन्दै डाबर नेपाल, ९ अर्ब लगानी थप्न स्वीकृति

काठमाडौं । बहुराष्ट्रिय कम्पनी डाबर नेपाल प्रालि पछिल्लो समयमा व्यापारमा आक्रामक बन्दै गएको छ ।

कम्पनीको लगानी बोर्डले ९ अर्ब ६८ करोड लगानी बोर्डले स्वीकृती दिएको छ । यसअघि कम्पनीले २०७६ सालमा पनि ५ अर्ब लगानी वृद्धि गरेको थियो ।

आज बसेको लगानी बोर्डको बैठकले डाबर नेपालको ९ अर्ब ६८ करोड लगानी स्वीकृती दिएको हो । ५ अर्ब सम्मको लागि वृद्धिका लागि उद्योग विभागले नै स्वीकृती दिने गरेको छ भने त्यो भन्दा माथिको लगानीको लागि लगानी बोर्डले स्वीकृती दिने गरको छ ।

डाबरले ९ अर्ब लगानी वृद्धि गरेपछि आफ्नो उत्पादन वृद्धि गर्ने जनाएको छ ।

डाबर नेपालले डाबर हनी, डाबर ग्लुकोज डी, गुलाबरी, फेम, रियल, डाबर च्यवनप्रास, डाबर रेड टुथपेस्ट र हाजमोला लगायतका बस्तु उत्पादन गरेर नेपालमा बिक्री तथा विदेश समेत निकासी गर्ने गरेको छ ।

सो कम्पनीले विश्वभरका ७ देशमा आफ्नो उत्पादन गरिरहेको छ । डाबर नेपाल कम्पनी ठूला १० करदाताको सूचिमा समेत पर्ने गरेको छ । बस्तु उत्पादन गरेर धेरै निर्यात गर्ने कम्पनीको रुपमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर