गैरसांसदलाई मन्त्री बनाएकोमा असन्तुष्टि जनाउँदै पूर्वलडाकु एमालेमा प्रवेश – Nepal Press

गैरसांसदलाई मन्त्री बनाएकोमा असन्तुष्टि जनाउँदै पूर्वलडाकु एमालेमा प्रवेश

सुर्खेत । माओवादीका एक पूर्वजनमुक्ति सेनाका सहायक कमाण्डर नेकपा एमाले प्रवेश गरेका छन् । उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कार्चेन लामाका सहयोगी कल्से रावल आज एमाले प्रवेश गरेका हुन् । गैरसांसदलाई मन्त्री बनाएकोमा उनको असन्तुष्टि छ ।

एमाले स्थायी कमिटी सदस्य गोरख वोगटीले उनलाईलाई पार्टीमा स्वागत गरे । वोगटीले भने, ‘एकताकै प्रक्रियाको रूपमा उहाँ आउनु भएको छ । पार्टीले उपयुक्त जिम्मेवारी दिन्छ ।’

‘यत्तिका सांसद हुँदा हुँदै पनि माओवादीले कस्तालाई मन्त्री बनाए भन्ने कुरा थाहै छ ’एमाले रोजेका रावलले भने, ‘इमान्दारीपूर्वक राजनीति गर्ने र देश र जनताको सेवामा समर्पित हुन एमाले रोजेको हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर