५०० सय क्लिन सिट राख्ने पहिलो गोलकिपर बुफन – Nepal Press

५०० सय क्लिन सिट राख्ने पहिलो गोलकिपर बुफन

काठमाडौं । इटालीको बी डिभिजन क्लब प्रामाबाट व्यावसायिक फुटबल खेलिरहेका भेट्रान गोलकिपर जियानलुइजी बुफोन फुटबल इतिहासमा पाँच सय क्लिन सिट राख्ने पहिलो खेलाडी बनेका छन् ।

लिगमा बेनेभेन्तोविरुद्धको खेलमा प्रामाले सनिबार गोलरहित बराबरी खेलेसँगै ४१ बर्षीय बुफोन फुटबल इतिहासको पाँच सय खेलमा क्लिन सिट राख्ने पहिलो गोलकिपर बनेका हुन् ।

बुफोनले युभेन्टसमा तीन सय २२ खेलमा क्लिन सिट राखका थिए । यस्तै उनले प्रामाबाट खेलेका ९२, इटालीको राष्ट्रिय टोलीको ७७ र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) बाट खेलेको नौं खेलमा बललाई गोल लाइन कट्न दिएनन् ।

बुफोनले कुल ६ सय ५३ खेल खेलेका छन् । जसमा एक सय ५३ खेलमा मात्र गोल बेहोरेका छन् । बुफोन सिरी ‘ए’ सर्वाधिक खेल खेल्ने खेलाडी हुन् ।

उनले हालसम्म २७ व्यवसायिक उपाधि चुमेका छन् । इटालीले सन् २००६ को विश्वकप जित्दा बुफोन प्रतियोगिताको उत्कृष्ट गोलरक्षक बनेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर