‘बडे मियाँ छोटे मियाँ’ टीजरमा हेर्नूस अक्षय र टाइगरको एक्सन अवतार – Nepal Press

‘बडे मियाँ छोटे मियाँ’ टीजरमा हेर्नूस अक्षय र टाइगरको एक्सन अवतार

मुम्बई । अक्षयकुमार र टाइगर श्रफको मुख्य भूमिका रहने फिल्म ‘बडे मियाँ छोटे मियाँ’को टीजर लन्च भएको छ । यही टीजर लन्चसँगै फिल्म निर्माणको औपचारिक घोषणा समेत भएको छ ।

एक्सन दृश्यले भरपुर टीजरमा अक्षय र टाइगर एक्सन भूमिकामा देख्न सकिन्छ । यो टीजरलाई एक्सन दृश्य रुचाउने दर्शकले मन पराउन सक्छन् ।

सन् २०२३ को क्रिसमसमा रिलिज हुने यो फिल्मलाई अलि अब्बास जफरले निर्माण एवं निर्देशन गर्न लागेका हुन् । फिल्मको लिड एक्ट्रेसमा श्रद्धा कपुर हुने भारतीय संचारमाध्यमले जनाएका छन् ।

हेर्नूस टीजर :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर