‘मेरो डाक्टर’ एप एक लाखभन्दा बढी डाउनलोड – Nepal Press

‘मेरो डाक्टर’ एप एक लाखभन्दा बढी डाउनलोड

काठमाडौं । ‘मेरो डाक्टर’ एप एक लाखभन्दा बढी डाउनलोड भएको छ । मिदास टेक्नोलोजीको हेल्थकेयर एप ‘मेरो डाक्टर’ले स्थापना भएको ८ महिनाको अवधिमा एक लाखभन्दा बढी डाउनलोड भएको र ३५ हजारभन्दा बढी बिरामीको सेवा भएको जनाइएको छ ।

‘मेरो डाक्टर’मा सूचीबद्ध अस्पतालहरुबाट ३ महिनाको अन्तरालमा १० हजारभन्दा बढी अस्पतालको ओपीडी टिकट बिरामीहरूले अस्पतालमा नगइ घरबाटै भुक्तानी गरी आस्पतालको सेवा लिएका छन् ।

विगत दुई दशकदेखि अस्पतालका सेवालाई डिजिटलाइज्ड गर्न मिदासले काम गरिरहेको छ । कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर)को आधारमा अस्पताल र स्वास्थ्य संस्थाहरूको व्यवस्थापन पूर्णरूपमा डिजिटलाइज गर्न प्रविधिको विकास गरेको छ । मिदासले देशभरका १ सय ५० भन्दा बढी अस्पतालहरूलाई व्यवस्थापन पद्वतिमा सहयोग गर्दै आइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर