गायिका मंगेशकरको निधनप्रति दुःख व्यक्त गर्दै ओलीले भने : सुगम संगीतमा अपुरणीय क्षति – Nepal Press

गायिका मंगेशकरको निधनप्रति दुःख व्यक्त गर्दै ओलीले भने : सुगम संगीतमा अपुरणीय क्षति

काठमाडौं । सुप्रसिद्ध भारतीय गायिका लता मंगेशकरको निधनप्रति पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।

गायिका मंगेशकरको निधनबाट सुगम संगीतमा अपुरणीय क्षति पुगेको उल्लेख गर्दै ओलीले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रतिष्ठित विभूषण, सम्मान तथा पुरस्कारबाट सम्मानित ९२ वर्षिया गायिका मंगेशकरले नेपालीसहित ३० हजारभन्दा बढी गीत गाएको ओलीले ट्वीटमा उल्लेख गरेका छन् ।

माघ २३ गते कोभिड संक्रमणपछिको निमोनियाको कारण मुम्बईमा मंगेशकरको निधन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर