कोरोना संक्रमित भन्दा डिस्चार्ज हुनेको संख्या चार गुणा बढी – Nepal Press

कोरोना संक्रमित भन्दा डिस्चार्ज हुनेको संख्या चार गुणा बढी

काठमाडौं । नेपालमा २४ घण्टामा १५७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३६५ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

मन्त्रालयले ७ हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २२ र ३ हजार ४९१ जनाको एन्टीजेन परीक्षण गर्दा ५४८ जनामा संक्रमण पुष्टि भएको हो ।

आज ६ हजार १४६ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

२४ घण्टामा थप १३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

आज देशभरी ४० हजार १११ जना सक्रिय संक्रमित रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर