बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, वैशाख ३० मै होला त निर्वाचन ? – Nepal Press

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, वैशाख ३० मै होला त निर्वाचन ?

काठमाडौं । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी छ । बैठकले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्नसक्ने बताइएको छ ।

निर्वाचन आयोगले जेठ ४ गते निर्वाचनको मिति सिफारिस गरेको थियो । स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकमा वैशाख ३० र जेठ ४ को मिति प्रस्ताव गरिएको छ।

हिजो बालुवटारमा शीर्ष नेताको बैठक सकिएपछि देउवाले दुई मन्त्री र महान्यायाधिवक्तासहित आन्तरिक छलफल गरेका थिए।

शीर्ष नेताहरुको बैठकमा एमालेले स्थानीय तहको निर्वाचन चाँडो तोक्न दाबाब दिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले सकरात्मक जवाफ दिएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर