रुपन्देहीमा अनेरास्ववियु कार्यकर्ता र प्रहरीबीच झडप, केही घाइते – Nepal Press

रुपन्देहीमा अनेरास्ववियु कार्यकर्ता र प्रहरीबीच झडप, केही घाइते

रुपन्देही । मुख्यमन्त्री कुलप्रसाद केसीको कार्यालय अगाडि धर्ना दिन पुगेका नेकपा एमाले निकट भातृ संगठन अनेरास्ववियुका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा अनेरास्ववियुका नेता तथा कार्यकर्ताहरु घाइते भएका छन् ।

झडपमा परी अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे, अनेरास्ववियू जिल्ला अध्यक्ष शेषकान्त पोखरेल, बुटवल नगर कमिटी अध्यक्ष रोशन घिमिरे, कृष्ण पौडेल र गुनबहादुर श्रेष्ठ घाइते भएको अनेरास्ववियुले जनाएको छ ।

नगर कमिटी अध्यक्ष रोशन घिमिरेको टाउकोमा गम्भीर चोट लागेको र उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले भने झडप नभई सामान्य धकेलाधकेल भएको बताए । कार्यालय समयमा कामकाजलाई समेत प्रभाव पार्ने गरी प्रदर्शन भएपछि प्रहरीले हस्तक्षेप गर्नु परेको उनको भनाइ छ ।

पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि विरुद्ध तथा स्थानीय तहको निर्वाचनको मिति तोक्नुपर्ने मागसहित उनीहरु मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिन पुगेका थिए ।

कार्यक्रममा विद्यार्थीहरूले कालो बेलुन र ब्यानर समेत प्रदर्शन गरेका थिए । विरोधस्वरुप मुख्यमन्त्री कार्यालयअघिबाट कालो बेलुन उडाउने क्रममा प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर