शिक्षामन्त्री पौडेलले मागे बागलुङका कार्यालय प्रमुखहरुसँग बजेट थप्नुपर्ने योजनाको नाम – Nepal Press

शिक्षामन्त्री पौडेलले मागे बागलुङका कार्यालय प्रमुखहरुसँग बजेट थप्नुपर्ने योजनाको नाम

बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङका कार्यालय प्रमुखहरुसँग बजेट थप गर्नुपर्ने योजना मागेका छन् ।

आइतबार मन्त्री पौडेलले जिल्लामा रहेका कार्यालयका प्रमुखहरुसँग छलफल गरी बजेट थप गर्नुपर्ने नयाँ तथा पुराना योजनाको विवरण मागेका हुन् ।

‘अर्थमन्त्रालयले फागुनको अन्तिम साता बजेट रकमान्तर गर्दैछ, उनले भने, थप्नुपर्ने योजनाको विवरण दिनुहोस् मन्त्री र सचिवसँग छलफल गरी बजेट थप्न लगाउँछु ।’

तोकिएकै समयमा चुनाव हुने भएकाले फागुनभरीमा जिल्लामा सञ्चालित धेरै योजनाको काम सक्न प्रमुखहरुलाई निर्देशन दिए ।

गलकोट मल्म जोड्ने पक्की पुल निर्माणमा ढिलाई भएको भन्दै त्यसको अनुगमन गरी कार्य अघि बढाउन निर्देशन दिए । जिल्लामा झलुङ्गे पुलको समस्या समाधान हुँदै गएकाले नयाँ बनाउनुपर्ने ठाउँको अध्ययन गर्न सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिए ।

आलु, मकै तथा अन्य कृषि सम्बन्धी योजनामा बजेट विनियोजन गर्नुपरे योजनाको नाम टिपाउन पनि मन्त्री पौडेलले आग्रह गरेका छन् ।

जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुखहरुले सञ्चालित योजनाको प्रगति विवरण र समस्याका बारेमा मन्त्रीलाई ब्रिफिङ गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर