जुम्लामा हिउँले कठ्याङ्ग्रिएर एकको मृत्यु – Nepal Press

जुम्लामा हिउँले कठ्याङ्ग्रिएर एकको मृत्यु

कर्णाली । जुम्लास्थित तातोपानी गाउँपालिका ८ टोप्ला गाउँकी एक महिलाको हिउँले कठ्याङ्ग्रिएर मृत्यु भएको छ ।

यही माघ २० गतेदेखि परेको हिमपातबाट ३८ वर्षीय जैकुवाँरा शाहीको निधन भएको स्थानीयवासी देवीलाल शाहीले जानकारी दिए । उनका अनुसार गाउँकै पाटनमा सेतक चिनी (खिरौंला) कोर्न गएको बेला उनीको यही माघ २१ गते निधन भएको हो ।

पाटनमा सेतक चिनी कोर्न गएको दिन माघ २० गते राति भारी हिमपात भएपछि २१ गते त्यही हिउँमा कठ्याङ्ग्रिएर मृत्यु भएको देवीलालले बताए ।

‘गाउँ फर्केर नआएपछि खोजी गर्दा जैकुवाँरालाई पाटनको जंगलमा मृतावस्थामा भेटियो ।’ सो घटनास्थल जुम्ला सदरमुकाम खलाङगाबाट एकदिनको बाटो भएकोले प्रहरी पुग्न नसेकेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *