रोकियो एनआरएनए विवादको निष्कर्ष सुनाउने कार्यक्रम – Nepal Press

रोकियो एनआरएनए विवादको निष्कर्ष सुनाउने कार्यक्रम

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को दशौं महाधिवेशन तथा विश्व सम्मेलन फागुन १६ गतेभित्रै आयोजना गरिने अध्यक्ष कुमार पन्तले बताएका छन् ।

प्रवक्ता डीबी क्षेत्रीले जनाएअनुसार उक्त मितिभित्रै चुनाव गर्ने र विवाद समाधानका लागि गठित समितिले निकास दिने आश्वासन अध्यक्ष पन्तले दिएका छन् ।

अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिको विवाद समाधानको सम्बन्धमा गठित समितिले आफ्नो निर्णय शनिबार दिने तालिका रहेपनि संयोजक शेष घलेलाई कोरोनाभाइरस संक्रमण भएपछि तत्कालका लागि त्यो योजना पनि धकेलिएको छ ।

घले नेतृत्वको सात सदस्यीय समितिले शनिबार निर्णय प्रस्तुत गर्ने योजना थियो । प्रतिनिधि विवादले एनआरएनएको चुनाव पटक-पटक स्थगित हुँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *