बेइजिङ ओलम्पिकमा पहिलो स्वर्ण नर्वेलाई, नेदरल्यान्ड र नर्वे शीर्षस्थानमा – Nepal Press

बेइजिङ ओलम्पिकमा पहिलो स्वर्ण नर्वेलाई, नेदरल्यान्ड र नर्वे शीर्षस्थानमा

बेइजिङ ओलम्पिकको पहिलो स्वर्ण नर्वेले जितेको छ । महिलातर्फ ७.५ किमी क्रसकन्ट्री स्किइङमा थेरिज जोहगले नर्वेलाई स्वर्ण दिलाएकी हुन् ।

उनले ४४ मिनेट १३ सेकेन्डमा उक्त दौड पुरा गरेकी हुन् ।

रुसकी नातालिया नेप्रेभाले प्रतिस्पर्धामा रजत पदक जितिन् भने अष्ट्रियाकी तेरेसा स्टाडलोभरले काँस्य पदक जितिन् ।

३ हजार मिटरको स्पिड स्केटिङ प्रतिस्पर्धातर्फ स्कोटिन एरिनले नेदरल्यान्डलाई पनि स्वर्ण जिताउन । नेदरल्यान्ड र नर्वे एक एक स्वर्णसहित पदक तालिकाको शीर्षस्थानमा छन् ।

पदक तालिकाको तेस्रो स्थानमा रुस र इटाली छन् । दुबैले दुई रजत पाएका छन् भने पाँचौं स्थानमा अष्ट्रिया क्यानडा छन् । दुबैले दुई समान काँस्य पदक प्राप्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर