आन्तरिक हवाइ उडानको भाडादर बढ्यो, कहाँ कति ? – Nepal Press

आन्तरिक हवाइ उडानको भाडादर बढ्यो, कहाँ कति ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य बढाएपछि आन्तरिक हवाइ उडानको भाडादर पनि वृद्धि भएको छ ।

नेपाल वायुसेवा सञ्चालक संघले शुक्रबारबाट लागूहुनेगरी भाडा बढाएको हो ।

संघले १०५ रुपैयाँदेखि ४४५सम्म वृद्धि गरेको संघले जनाएको छ ।

हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढीले मूल्य घटबढ भएको अनुपातमा भाडा समायोजन गर्ने अधिकार संघले प्रयोग गरेको हो ।

बढेको दरअनुसार सबैभन्दा बढी काठमाडौं-धनगढीको ४४५ रुपैयाँ रहेको छ । यस्तै काठमाडौं-विराटनगर २४०, काठमाडौं-पोखरा १६०, काठमाडौं-नेपालगञ्ज ३२५, काठमाडौं-भद्रपुर, काठमाडौं-भरतपुर १०५ रुपैयाँ बढेको संघले जनाएको छ ।

यस्तै माउन्टेन फ्लाइटको भाडादर ३४५ रुपैयाँले बढेको छ ।

पछिल्लो पटक नेपाल आयल निगमले हवाइ इन्धनमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको छ ।


प्रतिक्रिया

One thought on “आन्तरिक हवाइ उडानको भाडादर बढ्यो, कहाँ कति ?

  1. जताबाट पनि मारमा पर्ने सर्बसाधारण जनता नै हुन् । नेतालाई मस्ति जनतालाई सास्ती

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर