खोप नलगाएका नागरिकलाई नेपाल भ्रमण नगर्न अमेरिकाद्वारा ट्राभल एड्भाइजरी जारी – Nepal Press

खोप नलगाएका नागरिकलाई नेपाल भ्रमण नगर्न अमेरिकाद्वारा ट्राभल एड्भाइजरी जारी

वासिङटन/रोयटर्स । कोभिड-१९ विरुद्धको खोप नलगाएका आफ्ना नागरिकलाई नेपाल र भुटानसहितका मुलुकको अनावश्यक भ्रमण नगर्न अमेरिकाले आग्रह गरेको छ ।

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले नेपालसहितका ११ मुलुक र क्षेत्रमा अत्यावश्यक बाहेक काममा नजान ‘लेभल थ्री : हाइ’ सूचीको ट्राभल एड्भाइजरी जारी गरेको हो ।

नेपालसहित भुटान, ब्रुनाइ, ओमानसहित केही दक्षिण अफ्रिकी मुलुकको लागि सूचना जारी गरिएको हो । योसँगै अमेरिकाले लेभल ३ को सूचीमा राखेका मुलुकको संख्या ५३ पुगेको छ ।

भाइरसको उच्च संक्रमण भएका मेक्सिको, ब्राजिल, सिंगापुर, इक्वेडर, कोसोभो, फिलिपिन्स र पाराग्वेमा लेभल १ को ट्राभल एड्भाइजरी जारी गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर