कोभिड संक्रमणले एकैदिनमा १६ जनाको मृत्यु : २५ सय संक्रमित थपिए, ८४२५ जना निको – Nepal Press

कोभिड संक्रमणले एकैदिनमा १६ जनाको मृत्यु : २५ सय संक्रमित थपिए, ८४२५ जना निको

काठमाडौं । कोरोनाभाइरस संक्रमणको कारण पछिल्लो २४ घण्टामा मुलुकमा १६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार २५२६ जना संक्रमित थपिएका छन् भने ८४२५ जना डिस्चार्ज भएका छन् ।

११ हजार ७३ नमुना परीक्षण गर्दा ती संक्रमित पुष्टि भएका हुन् । सक्रिय संक्रमित संख्या ५६ हजार ४५७ रहेको छ ।

सोही अवधिमा काठमाडौं उपत्यकाका तीन जिल्लामा ७४५ जना संक्रमित थपिएका छन् जसमध्ये काठमाडौंमा ५७०, ललितपुरमा १२० र भक्तपुरमा ५५ जना संक्रमित थपिएका छन् ।

एकैदिनमा ५ लाख १३ हजार ५१ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको संख्या १५ छ भने २०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको संख्या १९ रहेको छ ।


प्रतिक्रिया

One thought on “कोभिड संक्रमणले एकैदिनमा १६ जनाको मृत्यु : २५ सय संक्रमित थपिए, ८४२५ जना निको

  1. यो १ महिनाक रिपोर्ट हो कि १५दीनको हो? एकै दीनमा ११ हजार ७३ नमुना चेक गर्यो भन्दा त बिश्वमा नयाँ रेकर्ड नै कायम गर्ने भयो त नेपालले त।

Leave a Reply

Your email address will not be published. Required fields are marked *