झुण्डिएर मरेको भन्दै परिवारले गाडेको शव प्रहरीले निकाल्यो, पति र ससुरा पक्राउ – Nepal Press

झुण्डिएर मरेको भन्दै परिवारले गाडेको शव प्रहरीले निकाल्यो, पति र ससुरा पक्राउ

काठमाडौं । कपिलवस्तुमा आत्महत्या गरेको भन्दै परिवारले दाहसंस्कार गरिसकेको शवलाई प्रहरीले उत्खनन् गरेको छ ।

यशोधारा गाउँपालिका-८ सिंहखोरमा २० वर्षीया रहिसुन खान झुण्डिएर मरेको भन्दै उनका श्रीमान् र परिवारका अन्य सदस्यले विहीबार धार्मिक परम्पराअनुसार गाडेर दाहसंस्कार गरेका थिए ।

तर, रहिसुनका माइती पक्षले आफूलाई शंका लागेपछि प्रहरीमा उजुरी दिएका थिए । माइती पक्षको उजुरीका आधारमा शव निकालेर प्रादेशिक अस्पतालमा पठाउन लागिएको कपिलवस्तुका प्रहरी प्रमुख धर्मराज भण्डारीले जानकारी दिए ।

‘झुण्डिएर मरेको भए प्रहरीलाई खबर हुनुपर्थ्यो तर परिवारले हामीलाई खबर नगरी दाहसंस्कार गरेको देखिन्छ’, एसपी भण्डारीले भने । पोष्टमार्टम रिपोर्टपछि हत्या वा आत्महत्या थाहा हुने उनले बताए ।

प्रहरीले मृतक युवतीका २२ वर्षीय श्रीमान् मोहम्मद नसिम अलिभाट र ससुरा ५० वर्षीय अब्बास अलिभाटलाई पक्राउ गरेको छ । रहिसुन र नसिमबीच ९ महिनाअघि मात्र विवाह भएको थियो ।

‘विगतमा त्यस्तो कुनै विवाद भएको भन्ने छैन । तर, अनुसन्धानबाट अन्य कुरा खुल्दै जाला’, एसपी भण्डारीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर