खाँडादेवी जेसीसको अध्यक्षमा सम्झना श्रेष्ठ सर्वसम्मत – Nepal Press

खाँडादेवी जेसीसको अध्यक्षमा सम्झना श्रेष्ठ सर्वसम्मत

काठमाडौं । खाँडादेवी जेसीजको अध्यक्षमा सम्झना श्रेष्ठ निर्वाचित हुनु भएकी छन् । हालै सम्पन्न शाखाको पहिलो अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्वत चयन गरेको हो ।

संस्थापक महासचिवमा रहेर शाखालाई स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकी श्रेष्ठलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरिएको जेसिसले जनाएको छ । सन्चारकर्मी समेत रहेकी श्रेष्ठ रामेछाप काठमाडौं पत्रकार समाजमा आवद्ध छिन् ।

युवा उद्यमी होमराज श्रेष्ठ संस्थापक अध्यक्ष रहेर स्थापना गरिएको यो शाखा यस वर्ष पोखरामा सम्पन्न ४८ औं महाधिवेशनबाट पूर्ण स्वीकृत भएको हो ।

शाखाको कार्यकारीणी उपाध्यक्षमा गुणराज श्रेष्ठ र सरिता श्रेष्ठ, उपाध्यक्षहरुमा दीपक राउत, रामकुमार श्रेष्ठ, रेश्मा श्रेष्ठ र सुजन श्रेष्ठ निर्वाचित भएका छन् । यसैगरी महासचिवमा विनोद श्रेष्ठ, कानुुनी सल्लाहकारमा होमबहादुर खत्री र कोषाध्यक्षमा विपिनराज श्रेष्ठ चयन भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर