कर्णाली सरकारले पूर्णता पाउँदै, माओवादी र कांग्रेसबाट दुई-दुई मन्त्री थपिने – Nepal Press

कर्णाली सरकारले पूर्णता पाउँदै, माओवादी र कांग्रेसबाट दुई-दुई मन्त्री थपिने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबार सरकारलाई पूर्णता दिने भएका छन् । मुख्यमन्त्री शाहीले माओवादीबाट गैरसांसद कार्चेन लामा र जाजरकोटका सांसद गणेशप्रसाद सिंहलाई मन्त्री बनाउने भएका हुन् । त्यस्तै एकीकृत समाजवादीबाट जुम्लाका पदम रोकाया मन्त्री बन्ने भएका छन् ।

नेपाली कांग्रेसबाट यसअघि सामाजिक विकास मन्त्री भइसकेका यज्ञबहादुर बुढा क्षेत्री र हाल दलका सचेतक रहेका हिमबहादुर शाही मन्त्री बन्ने भएका छन् । यससँगै कर्णाली मन्त्रिपरिषद् ८ सदस्यीय हुने भएको छ ।

शाहीले कात्तिक १६ गते सरकारको नेतृत्व सम्हालेका थिए । यसअघि भागबण्डा नमिलेका कारण मन्त्री परिषद्ले पूर्णता नपाएको भन्दै मुख्यमन्त्रीको आलोचना भइरहेको थियो ।

नेकपा माओवादीले चार मन्त्रालय र समाजवादीले तीन मन्त्रालयमा दाबी नछोडेपछि भागवण्डा मिलाउन सकस भएको थियो ।

यसअघिको मन्त्री मण्डलमा माओवादीबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा विन्दमान विष्ट र समाजवादीबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा चन्द्रबहादुर शाही नियुक्त भइसकेका छन् ।

माओवादी केन्द्रमा भने गैरसांसदलाई मन्त्री बनाउन नहुने भन्दै आलोचना हुन सुरु भएको छ ।


प्रतिक्रिया

One thought on “कर्णाली सरकारले पूर्णता पाउँदै, माओवादी र कांग्रेसबाट दुई-दुई मन्त्री थपिने

  1. गैर सांसदले प्रचण्डलाई दाम बुझाए अनि मन्त्री पड्काए । अरू त झाेले मात्र भए । प्रचण्डजस्ता दलाल विरूद्व विद्राेह गर्ने हिम्मत गर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर