अफ्रिका कप अफ नेसन्सको उपाधिमा इजिप्ट र सेनेगल भिड्ने – Nepal Press

अफ्रिका कप अफ नेसन्सको उपाधिमा इजिप्ट र सेनेगल भिड्ने

एजेन्सी । क्यामरुनलाई पेनाल्टी शुटआउटमा पराजित गरी इजिप्टले अफ्रिका कप अफ नेसन्सको उपाधिका लागि सेनेगलसँगको भेट निश्चित गरेको छ । सेनेगलले पहिलो सेमिफाइनलमा बुर्किना फासोलाई हराउँदै हराएको थियो ।

निर्धारित र अतिरिक्त समयमा गोलरहित बराबरी भएपछि पेनाल्टीबाट नतिजा छिनोफानो गर्दा इजिप्टका गोलरक्षक गावास्कीले सानदार प्रदर्शन गरे । ३३ वर्षीय गोलकिपर गाबास्कीले दुई पेनाल्टी बचाउँदै टिमलाई फाइनलमा पुर्‍याएका हुन् ।

उपाधिका लागि सेनेगल र इजिप्ट आइतबार भिड्नेछन् । फाइनल खेल इंग्लिस क्लब लिभरपुलका दुई सुपरस्टार साडियो माने र मोहम्मद सलाहको भिडन्तको रुपमा समेत हेरिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर