२९ जना शाखा अधिकृत बढुवाका लागि सिफारिस (सूचीसहित) – Nepal Press

२९ जना शाखा अधिकृत बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौं। २९ जना शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । उपसचिव बढुवा सिफारिस समितिको मंगलबार र बुधबारको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा एक सय ४० जनाबाट २९ जनालाई बढुवाका लागि सिफारिस गरेको हो ।

जस अन्तरगत लेखापरीक्षण सेवामा १५ जना, नेपाल प्रशासन सेवाको लेखा समूहमा ११ जना र नेपाल प्रशासन सेवाको राजस्व समूहमा तीन जना उपसचिवमा बढुवाका लागि सिफारिस भएका हुन् । लेखापरीक्षण सेवामा १५ जना बढुवाका लागि ३५ जनाले आवेदन दिएका थिए भने, लेखा समूहमा ११ जना बढुवाका लागि ९४ जनाले आवेदन दिएकोमा ९० जनाको उम्मेदवारी कायम गरिएको थियो । यस्तै राजस्व समूहमा तीन जना बढुवाका लागि २१ जनाले आवेदन दिएकोमा २० जनाको उम्मेदवारी कायम गरिएको थियो ।

यसअघि नेपाल प्रशासन सेवाका सामान्य प्रशासन समूहका ३० जना अधिकृत उपसचिवमा बढुवा सिफारिस भइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर