वडासचिव साह साढे ३ हजार घुससहित पक्राउ – Nepal Press

वडासचिव साह साढे ३ हजार घुससहित पक्राउ

जनकपुरधाम । बाराको कोल्हवी नगरपालिका ११ का वडासचिव विनोदप्रसाद साहलाई अख्तियारको टोलीले घुस लिँदालिँदै पक्राउ गरेको छ ।

सेवाग्राहीबाट साढे ३ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौडाको टोलीले पक्राउ गरेको हो । स्रोतका अनुसार वडासचिव साहले जग्गा नामसरी सिफारिस गर्नका लागि सेवाग्राहीसँग घुस लिएका थिए ।

पक्राउ परेकै ठाउँमा जनप्रतिनिधिको रोहबरमा मुचुल्का तयार पारेर अख्तियारको टोलीले उनलाई हेटौंडा लगेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारका अधिकारीले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर