व्यावसायिक फुटबल खेल्न कप्तान किरण माल्दिभ्स प्रस्थान – Nepal Press

व्यावसायिक फुटबल खेल्न कप्तान किरण माल्दिभ्स प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण कुमार लिम्बु व्यावसायिक फुटबल खेल्न माल्दिभ्स प्रस्थान गरेका छन् ।

किरण माल्दिभ्सको शीर्ष डिभिजनको ‘धिवेही प्रिमियर लिग’ मा माजिया स्पोर्टस एण्ड रिक्रियसन क्लबबाट व्यवसायिक फुटबल खेलीरहेका छन् ।
किरण हालै सम्पन्न मोरिसससँगको दुई अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल खेल्न नेपाल आएका थिए ।

पहिलो पटक अफ्रिकी राष्ट्रसँग खेलेको नेपालले दुवै खेलमा जित निकालेको थियो ।

दशरथ रंगाशालामा भएको पहिलो र दोस्रो दुवै खेलमा नेपालले मोरिससलाई १–० गोलको नतिजामा हराएको थियो । नेपालका लागि पहिलो खेलमा बिमल घर्ती मगर तथा दोस्रो खेलमा सुजल श्रेष्ठले निर्णायक गोल गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर