रुस-युक्रेनबीच तनाव अन्त्यको माग गर्दै रुपन्देहीमा प्रदर्शन – Nepal Press

रुस-युक्रेनबीच तनाव अन्त्यको माग गर्दै रुपन्देहीमा प्रदर्शन

रुपन्देही । रुस-युक्रेनबीच संभावित युद्ध रोक्न आग्रहसहित शान्ति समाजले प्रदर्शन गरेको छ ।

रुस र युक्रेनबीच बढ्दो तनाव अन्त्य गर्न, युद्धको कुनै पनि सम्भावनालाई खारेज गर्न आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले बुटवलको चौराहामा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले युद्ध टार्ने कूटनीतिमा जोड दिँदै युद्धको कुनै पनि संभावनालाई खारेज गर्न संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय समुदायले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

प्रदर्शनमा रुस र युक्रेनलाई युद्ध रोक्न शान्ति प्रवद्र्धन गर्न र जनताको शान्तिको अधिकारको सम्मान गर्न आग्रहसहित युद्धमा कसैले पनि जित्दैनन् पराजित केवल मानवता हुने गर्छ, युद्धमा सवैको क्षय हुन्छ, शान्ति मा सवैको जय हुन्छ लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर