५०० रुपैयाँले बढ्यो सुनको मूल्य – Nepal Press

५०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर ९२ हजार ७०० पुगेको छ । अधिल्लो दिन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको छ । जसको मूल्य बुधबार प्रतितोला ९१ हजार ७०० रुपैयाँ तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार २५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर