ल्होसार : कोरोनाले छैन उल्लास (तस्बिरहरू) – Nepal Press

ल्होसार : कोरोनाले छैन उल्लास (तस्बिरहरू)

काठमाडौं । आज तामाङ समुदायको विशेष पर्व ल्होसार । कोरोना संक्रमणको जोखिमका कारण ल्होसारमा उल्लास भने देखिएन । अघिल्ला वर्षतिर काठमाडौंको टुँडिखेलमा यस पर्वको रौनकता छाउँथ्यो ।

गत वर्षहरूमा ल्होसारको रौनक फरक भएपनि यस वर्ष टुँडिखेलमा कुनै कार्यक्रम नरहेकोले नरमाइलो लागेको टुँडिखेल पुगेकाहरू बताउँछन् । कोरोना भाइरसका कारण यस वर्ष घरमा पनि मानिसहरु भेला भएर राम्रोसँग मनाउन नपाएको उनीहरूले बताए ।

साँस्कृतिक कार्यक्रम गर्नैपर्छ भन्ने नभए पनि सधैँ गरिरहेको तर यस वर्ष नहुँदा रमाइलो नलागेको उनीहरूको भनाइ छ ।

स्वयम्भु क्षेत्रमा परम्परागत पोसाकमा सजिएर घुमघाम र सेल्फीमा सजिएका युवा-युवतीको केही तस्बिर हेरौं ।

तस्बिरहरू : सरोज बैजु । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर