एमसीसी सम्झौतामा कुनै विषय नलुकाइएको एमसीए नेपालको प्रष्टोक्ति – Nepal Press

एमसीसी सम्झौतामा कुनै विषय नलुकाइएको एमसीए नेपालको प्रष्टोक्ति

काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट विकास समिति (एमसीए) ले एमसीसीसँग सम्बन्धित कुनैपनि विषय वा दस्तावेज गोप्य नरहेको जनाएको छ ।

आज विज्ञप्ति जारी गर्दै एमसीए नेपालले एमसीसीसम्बन्धी ‘गोप्य’ वा ‘लुकाइएका’ दस्तावेजहरू नरहेको दाबी गरेको हो । ‘एमसीए नेपाल हदैसम्म पारदर्शिता अपनाउने संस्था हो र यस संस्थाले सार्वजनिक महत्वका सम्पूर्ण दस्तावेजहरू आफ्ना वेबसाइट तथा अन्य माध्यमबाट सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्दै आएको छ’, विज्ञप्तिमा भनिएको छ ।

एमसीसी कम्प्याक्ट नेपालको आर्थिक हितका लागि नेपाल सरकारबाट कार्यान्वयन गर्न लागिएको सम्झौता भएकोले यससम्बन्धी कुनै पनि दस्तावेज गोप्य नराखिने विज्ञप्तिमा जनाइएको छ ।

हेर्नुस् एमसीएद्वारा आज जारी विज्ञप्ति:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर