प्रधानमन्त्रीको सञ्चार प्रविधि विज्ञमा विष्ट नियुक्त – Nepal Press

प्रधानमन्त्रीको सञ्चार प्रविधि विज्ञमा विष्ट नियुक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सूचना प्रविधि विज्ञमा इञ्जिनियर दिपेश विष्टलाई नियुक्त गरेका छन् ।

नेपाली कांग्रेसको प्रचार विभागका पूर्व सदस्य विष्टलाई प्रधानमन्त्रीको सचिवालयमा सूचना प्रविधि विज्ञका रुपमा नियुक्त गरिएको हो ।

विष्टले यसअघि नेपाली कांग्रेसको वेभसाइट निर्माण र क्रियाशील सदस्यताको डिजिटल रेकर्ड प्रणाली निर्माण लगायतको काम गरेका थिए । उनी कांग्रेस निकट इञ्जिनियरहरुको संस्था सिडेनको पूर्व महासचिवसमेत हुन् ।

विष्ट कांग्रेसको प्रचार विभागले गठन गरेको एनसी विनका संयोजक समेत थिए ।

प्रतिक्रिया

One thought on “प्रधानमन्त्रीको सञ्चार प्रविधि विज्ञमा विष्ट नियुक्त

  1. विज्ञ सदस्य भएनन काँग्रेसम्बद्व इन्जिनियर भन्नू पर्याे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर