१५ नेपाली खेलाडीमध्ये आईपीएलको अक्सनमा सन्दीपमात्रै – Nepal Press

१५ नेपाली खेलाडीमध्ये आईपीएलको अक्सनमा सन्दीपमात्रै

काठमाडौं । नपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा परेका छन् ।

नेपालबाट १५ खेलाडीले अक्सनका लागि नाम दर्ता गराए पनि सन्दीपमात्रै अक्सनका लागि छनौट भएका छन् । अक्सनका लागि सन्दीपको न्यूनतम मुल्य ४० लाख भारु (६४ लाख नेपाली रूपैँया) तोकिएको छ ।

सन्दीप आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् । यसअघि तीन सिजन दिल्ली क्यापिटल्सबाट खेलेका सन्दीपलाई गतसिजन कुनै फ्रेन्चाइज टोलीले भित्र्याएनन् । यसपटक अक्सनमा कुनै टोलीले उनलाई भित्र्याउनका लागि कम्तीमा ४० लाख भारु खर्च गर्नुपर्ने हुन्छ ।

आईपीएलका तीन सिजनमा नौ खेल खेलेका सन्दीपले १३ विकेट लिएका छन् । यसअघि नेपाली टोलीबाट सन्दीपसँगै आरिफ शेख, आशिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुशन भारी, अविनाश बोहरा, विनोद भण्डारी, सरद भेषवाकर, कुशल मल्ल, करन केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले अक्सनका लागि नाम दर्ता गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर