बाबुराम र भीम रावलमध्ये कसको पीएचडी नक्कली ? आफैं उत्रिए सवाल-जवाफमा


काठमाडौं । अमेरिकी सहायता परियोजना (एमसीसी) लाई लिएर गरेको टिप्पणीले पूर्वप्रधानमन्त्री एवम् जसपा नेता बाबुराम भट्टराई र एमाले नेता भीम रावलबीच जुहारी चलेको छ ।
सोमबार एमसीसीबारे स्मृति पत्र सार्वजनिक गर्दै रावलले बाबुरामले गोप्य एमसीसी सम्झौता गरेको आरोप लगाएपछि बाबुरामले त्यसको जवाफ सामाजिक संजालमा फर्काए ।
उनीहरूबीचको जुहारी अहिले व्यक्तिगत तहमा पुगेको छ । बाबुरामले रावललाई नक्कली विद्यावारिधिको पदवीवाला भएको अरोप लगाएपछि रावलले पनि त्यसको जवाफ दिएका छन् ।
‘यी कणले पीएचडी गरेको भनेर नाउको अगाडि ‘डा.’ पनि झुण्ड्याउँछन्,’ भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘विद्यावारिधि गर्दा कसैबारे कुनै दाबी गरियो भने त्यसको स्रोत/मिति/स्थान खुलाउनुपर्छ । उनले दाबी गरेजस्तो ‘बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको हो’ भने कहिले, कहाँ, कसरी खुलाउनुपर्दैन ? कि यी नक्कली पीएचडी हुन् ?’
यो पनि पढ्नुस: भीम रावलको आरोप- एमसीसी बाबुरामले सुरू गरेका हुन्, गोप्य साँठगाँठ हुनसक्छ (भिडिओ)
रावलले पनि यो ट्वीटको जवाफ फर्काएका छन् । उक्त ट्वीटमुनि दिएको जवाफमा रावलले पीएचडी सीमापारी (भारत) को हुने गरेको भन्दै आफ्नो नै भट्टराईकै नक्कली हुन सक्ने लेखेका छन् ।
‘बाबुरामजी प्रम हुँदा २०६८ मा चुपचाप एमसीसीसंग पत्राचार गरी टोली गठन गरिएको तथ्य मैले उल्लेख गरेको छु,’ रावलले भनेका छन्, त्यो बेला दलीय सहमतिबाट मात्र त्यस्तो गर्नसकिन्थ्यो तर जानकारीसम्म गराइएन । पीएचडी नक्कली सीमापारी हुने गरेको सधैँ चर्चा हुन्छ, त्रि.वि.वि. बाट पीएचडी कसैको नक्कली हुने चर्चा नै हुन्न ।’
थुईक्क भिमे तेरो चेत, यस्ता चेतनाहिन जन्तुहरु देशको राजनितिमा चल्दा नै देश गतिहिन र दरिद्र भाको हो!
Oli ko latkhayera PHD ko dhag lagauxa… Tyo PHD ko certificate languti banayera lagau, mango manxe lajhunxa tetikai hidna…