जेठमै स्थानीय चुनाव हुन्छ, छिट्टै मिति तोक्छौं : देउवा – Nepal Press

जेठमै स्थानीय चुनाव हुन्छ, छिट्टै मिति तोक्छौं : देउवा

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेठमा स्थानीय निर्वाचन हुने भन्दै तयारी अवस्थामा रहन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सोमबार कांग्रेसको बागमती प्रदेश समितिका पदाधिकारीहरुसँगको भेटमा देउवाले जेठमा स्थानीय निर्वाचन हुने बताएका हुन् ।

‘गठबन्धनमा सहमति भइसक्यो अब जेठमा स्थानीय चुनाव हुन्छ । तपाईहरु तयारीमा लाग्नुस’, बैठकमा देउवाले भनेका थिए ।

कांग्रेसको बागमती प्रदेश सहमहामन्त्री जीवन डंगोलका अनुसार पार्टीको नियमित सन्दर्भमा प्रधानमन्त्री देउवासँग छलफल भएको थियो । सो क्रममा देउवाले निर्वाचन आयोगसँग परामर्श गरेर सरकारले छिट्टै निर्वाचनको मिति तोक्ने बताएको डंगोलले जानकारी दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर