राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको प्रतिवेदन पेस

२०७८ माघ १७ गते १६:२०

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेस गरेका छन् ।
शीतल निवासमा प्रमुख आयुक्त थपलियाले माघ १२ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनको निर्वाचन परिणामसहितको प्रतिवेदन पनि पेस गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बताए ।
प्रतिक्रिया