ओलम्पिकमा भाग लिन बेइजिङ पुगेका तीनहजार खेलाडी र अधिकारी कोभिड संक्रमित – Nepal Press

ओलम्पिकमा भाग लिन बेइजिङ पुगेका तीनहजार खेलाडी र अधिकारी कोभिड संक्रमित

बेइजिङ । पछिल्ला चार दिनमा विन्टर ओलम्पिकमा सहभागी हुन बेइजिङ पुगेका ११९ जना खेलाडी र अधिकारीमा कोभिड–१९ संक्रमण पुष्टि भयो । खेल आयोजकका अनुसार आइतबार ३७ जना र शनिबार ३४ जनामा संक्रमण पुष्टि भयो ।

सोमबार मस्कोबाट बेइजिङ आइपुगेकी रुसी खेलाडी बायथलेट भ्यालेरियाले आफ्नो ओलम्पिक सपनालाई कोरोना संक्रमणले घात गरेको बताइन् । ‘दुर्भाग्यवश, मेरो ओलम्पिक सपना केवल सपनाकै रुपमा रहने भएको छ’ अलजजिरासँग उनले भनिन् ।

शनिबार पुष्टि भएका २८ जनामध्ये रुसबाट आएका ८ जना खेलाडी र अधिकारीमा संक्रमण पुष्टि भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी सदस्य एम्मा तोरोले कोभिड संक्रमण पुष्टि भएपछि आफू आइसोलेसनमा रहेको बताएकी छिन् ।

फेब्रुअरी ४ देखि २० सम्म संचालन हुने ओलम्पिकको लागि सहभागी हुन आएका करिब ३ हजार खेलाडी, प्रशिक्षक, रेफ्री, डेलिगेट्सलाई संक्रमण पुष्टि भएको छ । उनीहरुलाई क्लोज लुप भनिने एक स्थानमा राखिएको छ र उनीहरुलाई स्वतन्त्ररुपमा बाहिर जान रोक लगाइएको छ ।

कतिपय मुलुकहरुले कोभिडसँगै बाँच्ने जीवनशैलीलाई अघि बढाउने योजना ल्याएपनि चीनले भने कोभिडप्रति शून्य सहनशिलताको नीति ल्याएको छ । साथै, चीनले सबै अन्तर्राष्ट्रिय उडान पनि स्थगित गरेको छ ।

‘बेइजिङ ओलम्पिकमा संक्रमण फैलन नदिन चीन अघि सारेका योजनाहरु कसरी मुलुकले महामारी नियन्त्रणमा सफलता हासिल गरेको छ भन्ने स्पष्ट उदाहरण हो’ चिनियाँ सरकारी अखबार पिपुल्स डेलीले भनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर