अंश विवादमा बन्चरोले हानेर छोराले गरे बाबुको हत्या – Nepal Press

अंश विवादमा बन्चरोले हानेर छोराले गरे बाबुको हत्या

कैलाली । कञ्चनपुर बन्चरो प्रहार गरी एक जनाले आफ्नै बुबाको हत्या गरेका छन् ।

जिल्लाको लालझाडी गाउँपालिका–२ कन्जका २२ वर्षीय रामविलास रानाले ४० वर्षीय बुबा ठग्गु रानाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ ।

आइतबार राति करिब १० बजेतिर घरायसी विवादमा आफ्नै बुबामाथि बन्चरो प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डीएसपी चक्रबहादुर शाहीले जानकारी दिए ।

‘उनीहरुका बीचमा अंशसम्बन्धी विवाद रहेको थियो,’ डीएसपी शाहीले भने, ‘ रामविलासलाई रातिनै पक्राउ गरी घटना अनुसन्धानको कार्य अगाडी बढाएका छौं ।’ इलाका प्रहरी कार्यालय बेलौरीको टोलीले रामविलासलाई पक्राउ गरेको प्रहरी प्रवक्ता शाहीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर