फागुन १ गतेदेखि खप्तड र बडिमालिका घुम्न हेली प्याकेज सुरु हुने – Nepal Press

फागुन १ गतेदेखि खप्तड र बडिमालिका घुम्न हेली प्याकेज सुरु हुने

कैलाली । हेलिकोप्टरबाट खप्तड घुम्ने प्याकेज यस वर्ष पनि सुरु हुने भएको छ । स्वर्गको टुक्रा उपमा पाएको खप्तडसम्म सडक मार्र्गबाट जान सम्भव नभएपछि हेलिकोप्टरमार्फत पुग्ने प्याकेज सुरु हुन लागेको हो।

आगामी फागुन १ देखि खप्तड र बडीमालिका घुम्न हेली टुरको प्याकेज ल्याइएको हो । हिउँले सेताम्मे भएको खप्तडको सुन्दरता देखाउने गरी खप्तड होमस्टे झिग्राना र खप्तड एडभेन्चर टुर प्राली डोटीले ‘हेली प्याकेज’ ल्याउन लागेको होमस्टेका सञ्चालक दीपक खड्काले बताए।

खप्तड पुग्न दिपायलबाट प्रतिव्यक्ति १२ हजार र बडीमालिका घुम्न दिपायलबाट ३० हजारको प्याकेज सञ्चालन गरिने उनले जानकारी दिए । अत्यधिक हिमपात भएकाले खप्तडमा अझै पनि ४ फिटभन्दा बाक्लो हिउँ रहेको छ। गत वर्ष हेली टुर प्याकेजमार्फत १ सय ३५ जनाले खप्तड भ्रमण गरेका थिए।

गत वर्ष धनगढीबाट पनि खप्तड पुग्ने व्यवस्था गरिएको थियो । यस वर्ष भने दिपायलबाट मात्रै उक्त प्याकेज ल्याइएको हो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर