हृदयेशले भने- स्थानीय तहको सिमांकनपछि मात्र निर्वाचनमा जानुपर्छ – Nepal Press

हृदयेशले भने- स्थानीय तहको सिमांकनपछि मात्र निर्वाचनमा जानुपर्छ

काठमाडौं । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले स्थानीय तह सिमांकनपछि मात्र निर्वाचनमा जानुपर्ने बताएका छन् ।

विज्ञप्ति निकालेर उनले स्थानीय तहको नामांकन र सिमांकन गर्ने उद्देश्यले गठित आयोगको सिफारिसअनुसार प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको नामांकन र सिमांकन सकेरमात्र निर्वाचनमा जानुपर्ने बताएका हुन् ।

आगामी जेठमा निर्वाचन सम्पन्न गर्ने दलहरूको प्रतिबद्धता स्वागतयोग्य रहेको उनको भनाइ छ ।

‘स्थानीय तहको नामांकन र सिमांकन गर्ने उद्देश्यले गठित आयोगको सिफारिस तत्कालीन प्रदेश २ अर्थात मधेश प्रदेशमा मात्रै कार्यान्वयन भयो । प्रदेश १, लुम्बिनी प्रदेश र सुदूपश्चिम प्रदेशमा निर्वाचनको कारण देखाई कार्यान्वयन भएको छैन’, उनले भने, ‘तसर्थ आगामी निर्वाचन पूर्व नै उक्त आयोगको सिफारिश प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि कार्यान्वयन गरी मात्र चुनाव गरियोस् भनी जनता प्रगतिशील पार्टी नेपालको जोडदार माग छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर