आफूलाई पच्छ्याउने नेपाली युवकबारे टेनिस खेलाडी राडुकानु भन्छिन्- मलाई बाहिर निस्किन डर लाग्यो


काठमाडौं । ब्रिटिस टेनीस खेलाडी इम्मा राडुकानुलाई पच्छ्याएकोमा नेपाली मुलका अमृत मगरलाई दोषी ठहर गरिएको छ ।
३५वर्षीय मगरलाई बोम्ली मागिस्टार्स अदालतले शुक्रबार दोषी ठहर गरेको हो । अदालतले उनलाई अर्को महिना सजाय सुनाउने जनाइएको छ ।
अदालतकाअनुसार अमेजनका पूर्व डेलिभरि ड्राइभर रहेका अमृत राडुकानुको घरमा तीन पटक पुगेका थिए । उनले राडुकानुको बुवाको जुत्ता चिनो हुन्छ भनेर चोरेको पनि अदालतले प्रमाणित गरेको छ ।
डेली मेल लगायत विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलेउल्लेख गरेअनुसार अमृतले राडुकानुको घरको ठेगाना ट्रयाक गरेर फुल, नोटहरु र क्रिसमस गिफ्ट छोडेका थिए ।
आफूलाई कसैले पछ्याएको थाहा पाएपछि राडुकानुले बाहिर निस्किन पनि डर भएको बयान दिएकी छन् ।
‘यो सबै भए देखि म सारै दुःख महसुस गरिरहेको छु । बाहिर एक्लै निस्किदा असाध्यै डर लाग्छ ।’ राडुकानुले अदालतमा दिएको बयानमा उल्लेख गरेकी छन् ।
‘यस्ले गर्दा मलाई मेरो स्वतन्त्रता खोसिएको महसुस भएको छ । म आफ्नै घरमा सुरक्षित महसुस गर्दिन जहाँ मैले सबै भन्दा धेरै सुरक्षित महसुस गर्नुपर्ने हुन्छ ।’
‘म सुरक्षित ठाउँमा नयाँ घरमा जान चाहान्छु । मेरो घरको ठेगाना थाहा भएकाले उ फेरि आउँछ भन्ने मलाई चिन्ता लागेको छ ।’, युएस ओपन च्याम्पियन १९वर्षीया राडुकानुले पुलिसलाई भनिन् ।
शुक्रबार दोशी ठहर भएपछि मगरले आफ्नो कार्यले राडुकानुलाई दुः खी बनाएको थाहा पाएर लज्जित भएको बताएका छन् ।
मगरलाई राडुकानू र उनको परिवारसँग अब सम्पर्क नगर्ने सर्तमा जमानत दिइएको छ ।