कुनैपनि बहानामा स्थानीय निर्वाचन सार्न पाईंदैन : नेपाल बार – Nepal Press

कुनैपनि बहानामा स्थानीय निर्वाचन सार्न पाईंदैन : नेपाल बार

काठमाडौं । नेपाल बार एशोसिएशनले कुनै पनि बहानामा स्थानीय तहको निर्वाचन नसार्न आग्रह गरेको छ ।

नेपालको संविधानले स्थानीय तह, प्रदेश र संघीय तहको शून्यताको परिकल्पना संविधान र निर्वाचन सम्बन्धि कानूनले नगरेको स्पष्ट पार्दै समयमै निर्वाचन गर्न आग्रह गरेको हो ।

वालिग मताधिकारको आधारमा आवधिक निर्वाचनबाट नै लोकतन्त्रको रक्षा र सम्वर्द्धन हुने स्मरण गराउँदै बारले अहिले स्थानीय तह निर्वाचन सम्बन्धि सञ्चारमाध्यममा आएका समाचारमा आफ्नो ध्यानाकर्षण भएको पनि जनाएको छ ।

बारले कुनै आग्रह, पूर्वाग्रहका कारण निर्वाचन नगर्ने भन्ने विषय लोकतान्त्रिक शासनको उपहास हुने बताएको छ ।

बारले विज्ञप्ती जारी गर्दै भनेको छ, ‘कुनै आग्रह, पूर्वाग्रह, अनुकूलता, प्रतिकूलतालाई विचार गरेर निर्वाचन गर्ने नगर्ने भन्ने विषय हुन सक्दैन । कुनैपनि बहानामा निर्वाचन नगरी वा पर सारी स्थानीय तहलाई रिक्त बनाउने कुरा संविधान र कानून विपरित मात्र नभई लोकतन्त्र र विधिको शासनको समेत उपहास हुन जान्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर