आजका लागि बोलाइएको संसद्‍ बैठक स्थगित – Nepal Press

आजका लागि बोलाइएको संसद्‍ बैठक स्थगित

काठमाडौं । कोरोना जोखिमको कारण देखाउँदै आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ । १० दिन पर सारिएको बैठक अब माघ २६ गते बस्नेछ ।

शनिबार संसद्‍ सचिवालयले विज्ञप्ति जारी गर्दै लेखेको छ, ‘कोभिड १९ संक्रमणको जोखिम यथावत रहेको कारण उक्त दिन र समयमा बैठक बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ माघ २६ गते बुधबार दिनको १ बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर