संक्रमितभन्दा निको हुने बढे : ४९०४ संक्रमित थपिँदा ५९२४ जना निको – Nepal Press

संक्रमितभन्दा निको हुने बढे : ४९०४ संक्रमित थपिँदा ५९२४ जना निको

थप ६ जनाको संक्रमणले मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ४९०४ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १४ हजार ५६२ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

सोही अवधीमा ५९२४ जना निको भएका छन् । थप ६ जनाको मृत्यु भएको छ ।

सक्रिय संक्रमित संख्या ८७ हजार ३२९ छ ।

उपत्यकामा आज १८२० जना संक्रमित थपिएका छन् जसमध्ये काठमाडौंमा १४०४, ललितपुरमा ३०५ र भक्तपुरमा १११ जना संक्रमित थपिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर