भेरोसेल खोप लगाएका ज्येष्ठ नागरिकलाई कोभिसिल्ड वा अस्ट्राजेनेकाको बुस्टर डोज दिइने – Nepal Press

भेरोसेल खोप लगाएका ज्येष्ठ नागरिकलाई कोभिसिल्ड वा अस्ट्राजेनेकाको बुस्टर डोज दिइने

काठमाडौं । सरकारले कोभिड-१९ विरुद्ध बुस्टर डोजमा सोही प्रकृतिको खोप लगाउनु नपर्ने निर्णय गरेको छ । सोही निर्णयअनुसार भेरोसेल खोप लगाएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोजको रुपमा कोभिसिल्ड एवं अस्ट्राजेनेका खोप दिइने भएको छ ।

यसअघि कोभिसिल्ड, अस्ट्राजेनेका, मोडर्ना, फाइजर र भेरोसेल खोप लगाएका सबै ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बुस्टरमा कोभिसिल्ड वा अस्ट्राजेनेकाको खोप दिइने भएको हो ।

राष्टिय खोप समितिको सल्लाहअनुसार मन्त्रीस्तरीय निर्णय गर्दै सरकारले भेरोसेल खोपको दुबै मात्रा पूरा गरेका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोजको रुपमा कोभिशिल्ड वा अस्ट्राजेनेका खोप दिने निर्णय गरेको हो ।

मन्त्रालयले पहिलो मात्रा खोप लगाएकाहरुलाई दोस्रो मात्रा सोही खोप नभएमा कोभिशिल्ड वा अस्ट्राजेनेकाको खोप दिने पनि निर्णय गरेको छ । विदेशमा पहिलो मात्रा कोभिशसल्ड, अस्ट्राजेनेका, भेरोसेल, मोडर्ना र फाइजर खोप लगाएकालाई पनि दोस्रो डोज कोभिशिल्ड दिइने मन्त्रालयको परिवार कल्याण महाशाखाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर