सलमान खानलाई नेपाल ल्याउँदै निर्मल पूर्जा : मुम्बइ पुगेर दिए बायोग्राफी पुस्तक उपहार – Nepal Press

सलमान खानलाई नेपाल ल्याउँदै निर्मल पूर्जा : मुम्बइ पुगेर दिए बायोग्राफी पुस्तक उपहार

काठमाडौं । कीर्तिमानी नेपाली आरोही निर्मल पूर्जाले बलिउड अभिनेता सलमान खानलाई उपहारस्वरुप आफ्नो बायोग्राफी पुस्तक हस्तान्तरण गरेका छन् ।

आफ्नो जीवनी बारेको पुस्तक हस्तान्तरण गर्दै आरोही पूर्जाले नेपाल आउन सलमान खानलाई निम्तो समेत दिएका छन् ।

इन्स्टाग्राममा निर्मलले लेखेका छन्, ‘सलमान भाइसँगै आनन्ददायक भेटघाट रह्यो । मेरो देशमा चाँडै भेट हुनेछ ।’ निर्मल पछिल्लो समय नेटफिल्क्सको चर्चित डकुमेन्ट्री ‘फोर्टिन पिक्स : नथिङ इज इम्पोसिबल’बाट चर्चित बनेका छन् ।

चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीमार्फत पूर्जाले सलमानलाई भेटेका हुन् । सलमान र निर्वाणबीच राम्रो सम्बन्ध छ ।

७ महिनाभित्र संसारका १४ अग्ला हिमाल आरोहण गरेर विश्व कीर्तिमान राखेका म्याग्दीका आरोही पूर्जाले संसारका चर्चित सेलेव्रिटीलार्ई जुटाएर काठमाडौंमा भव्य कार्यक्रम आयोजना गर्ने तयारी गरेका छन् ।

उक्त कार्यक्रमका लागि सलमानलाई नेपाल आउन निम्तो दिएका हुन् । सोही कार्यक्रममा आउन निर्मलले विश्वचर्चित डिस्कभरि च्यानलका होस्ट बियर ग्रिल्जलाई पनि निम्तो दिएका छन् ।

निर्मल निकट स्रोतका अनुसार सलमानले नेपाल आउने वचन निर्मललाई दिएका छन् । यसअघि दबङ रिलोेडेड कार्यक्रममा नेपाल आउने भनिएपनि विवाद सिर्जिएपछि सलमानको नेपाल कार्यक्रम स्थगित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर